१० फाल्गुन २०७६, शनिबार

काठमाडौँ, १० फागुन । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा पानी र हिमाली भेगमा हिउँपर्ने भएको छ ।

आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हिजो देशका विभिन्न स्थानामा हिउँ र पानी परेको र पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै स्थानमामा पानी पर्ने सम्भावना रहेको बताएको छ ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा हुने बताइएको छ । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही स्थानमा मेघ गर्जन सहित पानी पर्ने सम्भावना छ ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले सोमबारदेखि पानी पर्ने क्रम बढ्ने महाशाखा अनुमान छ ।

LIVE TV