९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, ९ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाइएको कार्यदलका सदस्य एवं नेकपा नेता भीम रावलले जानकारी दिनुभयो ।

सम्झौता हुबहु पारित नगर्न प्रतिवेदनमा सुझाइएकाे पनि बताइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक पुनः १० दिनको समय थपिएको थियो ।

LIVE TV