९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, ०९ फागुन । हरेक शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा हजारौं भक्तालुहरुको घुइँचो लाग्ने गर्दछ । पशुपतिनाथ मन्दिरको दर्शन गर्न सहज होस् भनेर पशुपति क्षेत्र विकास कोषले हजारौं भक्तजनको भीडलाइ व्यवस्थापन गराउन स्वयमसेवकसमेत खटाउने गरेको छ ।

त्यस्तै आजको भीड व्यवस्थापन गर्न टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका मार्के्टिङ म्यानेजर नवराज कोइरालासहितको टोलीपनि पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनहरुलाई निःशुल्क भोजन वितरण कार्यमा सहयोग गर्न खटिएका छन् ।

कोइरालासहितको टोलीले आज भक्तजनको भीडलाइ व्यवस्थापन गर्दै दर्शनार्थीहरुलाई दर्शन गराउने सहज वातावरण बनाउन सहयोग गरेको पशुपात शान्ति भूमि नेपालकी अध्यक्ष चन्द्रिका चित्रकारले बताइन् । भीड व्यावस्थानका साथै निःशुल्क भोजन वितरण कार्यमा एकसय जना स्वयमसेवक खटाइएकोसमेत अध्यक्ष चित्रकारले बताइन् ।

पशुपति क्षेत्र विकास कोषको अनुमति र सहकार्यमा फागुन ८ देखि १० गते सम्म पाशुपत शान्ति भूमि नेपाल समितिले गरिरहेको निःशुल्क भोजन वितरण गर्ने कार्यक्रमलाई व्यवस्थित बनाउने कार्य भइरहेको छ ।

अध्यक्ष चित्रकारले यो महान कार्यमा स्वयमसेवकको रुपमा आँफै खटिएर आफुहरुलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।

LIVE TV