
काठमाडौं, ०९ फागुन । आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।
फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान तीन पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ रहेका छन् । त्यस्तै, महिला खेलाडीमा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् ।
प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । घले आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसीपका लागि जकार्ता मै छन् ।
पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।