८ फाल्गुन २०७६, बिहीबार

नेपालगञ्ज, ८ फागुन । बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ ।

प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई नियन्त्रणमा लिएको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रहरी नियन्त्रणमा परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

LIVE TV