८ फाल्गुन २०७६, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवतस्तु, ०८ फागुन । कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको तेस्रो मेयर कपको उपाधि वडा नम्बर १ ले जितेको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ र वडा नम्बर ४ बीच विहीबार भएको फाइनल खेलमा वडा नम्बर १ ले जित हात पारेको हो ।

टस जितेर व्याटिङ्ग गरेको वडा नम्बर १ ले २० ओभर खेल्दै १२५ रनको लक्ष्य वडा नम्बर ४ लाई दिएको थियो । वडा नम्बर १ का रामनिवास यादवले आफ्नो टिमको लागि ३६ बल खेल्दै ३० रन बनाए ।

१२५ रनको लक्ष्य पाएको वडा नम्बर चार १४ ओभरमै आलआउट भए । फागुन ३ गतेदेखि ८ गतेसम्म चलेको यस प्रतियोगिताकाको बिजेता वडा नम्बर १ ले नगद ४० हजार रुपैयाँ र ट्रफी पाएको छ । पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले वडा अध्यक्ष सुदिप पौडेल तथा खेलाडीहरलाई पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै उपबिजेता बनेको वडा नम्बर ४ लाई नगद ३० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष सुदिप पौडेलले यस खेलले एक उर्जावान टिम तयार पारेको बताए ।

त्यस्तै उनले अबको दिनमा नगरपालिकाले क्रिकेट मत्रै नभई भलिबल, फुटबल, व्याडमिन्टनलगाएतको प्रतियोगिता सञ्चालन गर्न लागि अग्रह गरेका छन् ।

युवाहरुलाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उदेश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक प्रकाश गैरेले जानकारी दिए ।

LIVE TV