८ फाल्गुन २०७६, बिहीबार

काठमाडौँ, ८ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो ।

यसअघि गोकुल बाँस्कोटाले सम्हाल्दै आउनुभएको मन्त्रालय अब भने खतिवडाले सम्हाल्नुहुने छ । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि बिहीबार बाँस्कोटाले राजीनामा दिनुभएको थियो ।

बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले मन्त्रालयको जिम्मेवारी डा. खतिवडाले सम्हाल्ने गरी तोक्नुभएको हो।

साथै, यसअघि बाँस्कोटाले सम्हाल्दै आउनुभएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङलाई दिइएको छ ।

LIVE TV