८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासलिटी दिनु नभएको बताउनु भएको छ ।

भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउँदै उहाँले स्वच्छता र पारदर्शीताबारे अलिकति मात्रै पनि प्रश्‍न उठेमा जो कोहीको पनि अनुहार पनि नहेर्ने स्पष्ट पार्नुभएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सापकोटाले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार सुशासनको पक्षमा रहको बताउँदै जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटका लागि नभएकोबताउनुभएको हो ।

नेकपा अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री ओलीले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताउनुभएको हो ।

LIVE TV