८ फाल्गुन २०७६, बिहीबार
  • उत्तर बिष्ट

काठमाडौं, ८ फागुन । डडेल्धुरामा सुदूरपश्चिम महोत्सव सुरु भएको छ । बिहीबारबाट सुरु भएको महोत्सव १८ गते अर्थात् ११ दिनसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।

“सुखी नेपाली समृद्ध नेपाल, कृषि, पर्यटन, उद्योग र ब्यापार, समृद्धीको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक ब्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव –२०७६ को आयोजना गरिएको छ । महोत्वसको लागि गेट निर्माण, स्टल निर्माण, स्टेज निमार्ण तथा स्टल बुकिङकासाथै प्रचारप्रसार लगायतका आवश्यक सम्पूर्ण काम पूर्ण रुपमा भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यानसहित तीनसय बढी स्टल रहेका छन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्वसको आयोजना गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताएका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुतका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश रहेको आयोजकले जनाएको छ । लामो समयपछि डडेल्धुरामा संञ्चालन भइरहेको महोत्सवले यहाँको आर्थिक विकासका साथै पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।

दुई लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्षसहित करिब ५० लाख रुपैंयाको खर्च गरिएको महोत्सवमा २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान रहेको छ । लोप हुँदै गएको रैथाने विउको संरक्षण र प्रवर्दनका लागि समेत महोत्सवमा स्टल मार्फत प्रचार प्रसार गर्नुका साथै कृषि ज्ञानकेन्द्रको कृषि मेला प्रर्दशनी समेत रहेको ।

महोत्सवले डडेल्धुरा क्षेत्रका स्थानीय कला संस्कृति भेषभुषाका साथै स्थानीय उत्पादनको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास लिइएको छ ।

LIVE TV