८ फाल्गुन २०७६, बिहीबार
  • दान बहादुर बुढा

मुगु, ८ फागुन । मुगु जिल्लाको रारा ताल हिजो आज सुनसान हुन थालेको छ । सरकार भ्रमण बर्ष २०२० मनाइरहेको समयमा नेपालको ठूलो र सुन्दर रारा तालमा भने पर्यटकहरुको चहल पहल शुन्य भएको छ।

मुगु जिल्लाको एक मात्र सडक सञ्जाल कर्णाली राजमार्गाको नाग्म -गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिमपातले सडक बन्द भएको र रारा ताल्चा विमान स्थलमा हवाई जहाजको नियमित उडान नभएको कारण रारा तालमा घुम्न आउने पर्यटकको संख्या शुन्यमा पुगेको बतइएको छ ।

रारा पुग्ने सडक सञ्जालको ब्यवस्था राम्रो नभएको र लामो समयसम्म हिमपातले नियमित हवाई उडानमा अवरुद्ध भएपछि रारा तालमा पर्यटकहरुको संख्या शुन्य भएको हेरिटेज एण्ड रिसोडका म्यानेजर दिपक रावत बताउँछन् । रारा घुम्न आउने पर्यटकहरुको डुङ्गा सवारबाट आम्दानी गर्नेहरु पनि घाम तापेर दिन बिताइरहेका छन् । आजकल दिनभरि घाम तापेर दिन बिताउन बाध्य भएको डुङ्गा चालक लोक बहादुर रोकायाले बताए ।

पर्यटकको मन लोभ्याउने कर्णाली प्रदेशको सबै भन्दा महोत्वपूर्ण गन्तब्य रारा,मात्र नभएर मुगु जिल्लामा रहेको अन्य पर्यटकीय गन्तब्य चंखेली,चुचेमारा,मुर्मा टप,कोहिजी मरका हिमाल, छायानाथ, ऋमोक्षे, सातदह, दुत ताल, मुगु गाँउ, गुम्बा, विहार बगर, थार्पमस्टा, सोरु तातापानी, खेस्ममालिका, लगाएत अन्य धार्मिक सास्कृतिक, ऐतिहासीक स्थान र मुगु नदी लगायतका अन्य स्थानमा घुम्न पाउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत घटेका छन् ।

LIVE TV