‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने, अनि आफै ७० करोडको डिलिङ गर्ने ? सांसदबाटै निलम्बन गर्नुपर्छ’



प्रकाशित मिति : Feb 20, 2020

काठमाडाैं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद् सुदन किरातीले सञ्चारमन्त्री गाेकुल बाँस्काेटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताउनुभएकाे छ ।

न्यूज २४ सँगकाे कुराकानीमा सांसद किरातीले सञ्चारमन्त्री बाँस्काेटाले ७० करोड कमिसनका लागि सेटिङ गर्नु निकै गम्भीर कुराे भएकाे बताउनुहुँदै यदि याे कुरा सत्य हो भने तुरुन्तै मन्त्री र सांसदबाटै बाँस्काेटालाइ निलम्बन गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले मन्त्रीजस्ताे मान्छे नै भ्रष्टाचारमा मुछिनु नेपाली जनातालाई सह्य नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सरकारकाे गरिमामय पदमा बसेर म भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने, अनि आफै ७० करोडको डिलिङ गर्ने ? यो प्रवृत्ति नेपाली जनातालाई सह्य छैन ।’ ठूलो बलिदानले बनेको अहिलकाे व्यवस्था यस्तो गर्नकाे लागस नबनेकाे पनि उहाँले प्रस्ट पार्नुभयाे ।

मन्त्रीजस्तो पदमा बसेर भ्रष्टाचार गरेकै हो भन्ने पुष्टि हुन्छ भने आउने १० पुस्ताको सम्पत्ति जफत गरिनुपर्ने पनि सांसद् किरातीले बताउनुभयाे । ‘सरकारले दिएको तलब-भत्ताले खानु/पिउनु त पुग्छ नि, २० पुस्तासम्म पुग्ने सम्पत्ति किन चाहियो ?,’ उहाँले भन्नुयभाे, ‘मन्त्रीजस्तो पदमा बसेर भ्रष्टाचार गरेकै हो र पुष्टि हुन्छ भने आउने १० पुस्ताको सम्पत्ति जफत गरिनुपर्छ । र, त्यो १० पुस्ता नेपालमा काम नलाग्ने कानून बनाउन जरुरी छ ।’ यस विषयमा गम्भीरताकासाथ छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयाे ।

मेरेर जाँदा रित्तै हात जानुपर्ने हुनाले सम्मतिकाे लाेभ गर्न नहुने उहाँकाे भनाइ थियो । ‘कति धेरै सम्पत्तिको लोभ लागेको ?’ सिकन्दरकाे उदारहण दिँदै उहाँले भन्नुभयाे, ‘विश्वविजेता सिकन्दरले विश्व जितेर पनि मर्नेबेला म मर्दा मलामीजनहरूले मेरो कात्रोबाट हात बाहिर निकालिदिनु भनेका थिए । किनभने संसार जिते पनि मेरेर जाँदा रित्तै हात गएछ भनेर सबैले थाहा पाउन भनेर ।’

अख्तियारले मेरकाे बाघकाे जुँगा उखेलेर मात्रै हुँदैन

अहिलेकाे सरकारले मूल नारा नै ‘भ्रष्टाचार म पनि गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने भएकाे तर भ्रष्टाचारचाहिँ सरकारले दाबी गरेको अनुसार नघटेको सांसद किरातीले बताउनुभयाे ।

‘न्यारो बडीकाे कुरा गर्नुहोस्, नेपालको सेवा गर्छु भनेर आएको अन्तराष्ट्रिय कम्पनीहरू, विदेशी दूतावसहरू, नेपालका सिनियर कर्मचारीहरू, नेपाल सरकाको विभिन्न तहहरुको अन्तराष्ट्रिय सञ्जाल भ्रष्टाचारमा गाभिएको रहेछ भन्ने न्यारो वडीकाे रिपोर्टले पनि देखाएको छ । वाइड वडीको कुरा उस्तै छ,’ उहाँले भन्नुभयाे ।

अख्तियारले केही गर्न खाेजेजस्ताे गरे पनि गर्न नसकेकाे उहाँले बताउनुभयाे । ‘यो देशमा अख्तियार त छ, केही गर्न खोजेजस्तो छ । तर अख्तियारले मेरको बाघको जुँगा मात्रै उखेलिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘ अख्तियारले मरेको बाघको जुँगा उखेलेर मात्रै हुँदैन, ज्युदो बाघको जुँगा उखेलेर देखाउनुपर्यो ।’

अख्तियार एउटा संवैधानिक अंग भएकाे र संविधानले शक्ति र अधिकार प्रदान गरेको पनि बताउनुभयाे । अख्तियारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को बाटो अगाडि बढाउनको निम्ति ऐतिहासिक भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयाे ।

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेललाई बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिनेलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने अख्तियारकाे निर्णय अशोभनीय भएकाे पनि उहाँले बताउनुभयाे । किन ? कसरी ? फिर्ता गर्याे भन्ने प्रश्नचाहिँ सरकारलाई नभएर अख्तियारलाई नै सोध्नुपर्ने समेत उहाँकाे तर्क थियाे ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को आकांक्षालाई धमिलाे बनाउने खेल खेल्नु हुँदैन

सांसद् किरातीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को आकांक्षालाई धमिलाे बनाउने खेल खेल्न नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई धमिलाे बनाउने, बिथोल्ने खेल कसैले पनि खेल्नु हुँदैन ।’

उहाँले पुराना सरकारहरूको तुलनामा यो सरकारले धेरै राम्राे काम गरेको दाबी पनि गर्नुभयाे । तर यति बलियो सरकारले आधारभुत कुराहरू प्रथामिकतामा नपारेकाे समेत बताउनुभयाे ।

अहिले जनताले लाेकतन्त्रकाे अनुभुति गर्न नसकेकाे पनि उहाँले स्वकार्नुभयाे । ‘दरबारको राजा/सामन्ताको नाइकेलाई हटाएर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर जनताले अनुभुत गर्ने गरि लोकतान्त्र सञ्चालन गर्न सकिरहेको छैनौँ,’ उहाँले भन्नुभयाे ।

उर्जा देश निमार्णमा लगाउनुपर्छ

सांसद् किरातीले अब अनावश्यक रुपमा उर्जा खर्च गर्न नहुने र सारा उर्जा देश निमार्णमा लगाउनुपर्ने बताउनुभयाे । ‘समाज/संसारमा विभिन्न टाउकाहरू हुन्छन् र टाउकोको आ-आफ्नो मूल्यहरु हुन्छन्,’ उहाँले भन्नुभयाे, ‘मूल्यहिन टाउकोको मूल्य गरेर देश निर्माण्मा अनावश्यक रुपमा उर्जा खर्च नगरौँ, देश निमार्णको एउटा गौरवमय विन्दुमा छौँ, अब हाम्रो सार उर्जा भनेको देश निमार्णमा लगाउनुपर्छ ।’

पार्टीमा धेरैले राम्राे काम गरेपनि केहि चाहि खराब मान्छे रहेकाे पनि बताउनुभयाे । ‘नेकपा भन्ने खोलमा दुई जातका माछ छन्, एउटा माछा सालवान भन्ने, अर्काे मुंग्री भन्ने । सालवानले खोलाको शीर शीरमा गएर बच्चा उत्पादन गर्छन् ।’ उहाँले भन्नुयाे, ‘ मुंग्रीले चाहि साना माचालाई निल्छ मात्रै । निले मात्रै त हुन्थ्यो, निलेर पनि बुडी फुटेर मर्छ ।’ यस्ताे प्रवृतिकाे मान्छे नेकपामा मात्रै नभएर सबै पार्टीमा हुने बताउनुभयो ।

उहाँले अर्काे उदाहरण पनि दिनुभयाे । ‘एउटा मैरी आधिहुरी सहेर, ज्यान जाेखिममा राखेर रस बटुलेर मह बनाउने हुन्छ । तर एउटा/दुईवटा चाँहि भाले मैरी हुन्छ, त्यसले चाहिँ बसेर मह मात्रै खाने गर्छन् ।’ यस्ताे प्रवृतिकाे केहि मान्छे नेकपामा पनि भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे ‘ कसैले नेता नेतृत्व र शक्तिको वरिपरी कुमार प्रवृति अवलम्बन गरेर देशको सुख सुविधा र शक्ति हत्याउने काम गरिरहेका छन् । यो प्रवृतिको चाहिँ हामी सबैले विस्तारै भण्डाफोर गर्दै लानुपर्छ ।

भिडियाे


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com