८ फाल्गुन २०७६, बिहीबार

काठमाडाैं, ८ फागुन । नेपालमा अब हवाई सेवा सञ्चालन गर्न एयरलायन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

अहिले नेपालमा कतिवटा जहाज हुनुपर्ने भन्नेबारे नागरिक उड्डयन प्राधिकरणको मौजदात इजाजतसम्बन्धी कार्यविधिले एउटा जहाज ल्याएर एयरलायन्स स्थापना गर्न छुट दिएको छ।

एउटामात्रै जहाज ल्याएर कम्पनीको सेवा सुरक्षित, नियमित र किफायती नहुने भएकाले यस्तो प्रावधान ल्याइएको प्रस्तावित हवाई नीति मस्यौदाका संयोजक पूर्व सचिव यज्ञप्रसाद गौतमले बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

LIVE TV