७ फाल्गुन २०७६, बुधबार

काठमाडौं, ०७ फागुन । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधान नियुक्त हुनुभएको छ ।

मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १५ वटा शाखारहित बैंकिङ्ग गरि जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गर्दै आएको छ ।

LIVE TV