महराको ‘Forget Yesterday’ अदालतबाट सदर, अदालतले रोक्का राखेको जग्गा डिल्लीबजार मालपोतले बेच्यो ! (भिडियो)



प्रकाशित मिति : Feb 18, 2020

काठमाडौं, ०६ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. पूर्व सभामुख महरा प्रकरणमा कसको गल्ती ?

काठमाडौं । जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराले सोमबार सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष साबित गरेको हो ।

महरामाथि संसद सचिवालयमा काम गर्दै आएकी रोशनी शाहीलाई जबरजस्ती करणीको प्रयास तथा कुटपिट गरेको आरोप लागेको थियो ।

महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिला आफैले घटना भएको दिन आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औंठाको छाप तुलनात्मक रुपमा नमिलेकाले अदालतले महरालाई निर्दाेष ठहर गरेको हो ।

२. अदालतले रोक्का राखेको जग्गा नै डिल्लीबजार मालपोतबाट किनबेच !

काठमाडौं, ०६ फागुन । मालपोत कार्यालय डिल्ली बजारबाट अदालतले रोक्का गरेको जग्गा किनबेच भएको भेटिएको छ ।

विजय गुरुङकी कान्छी श्रीमति मिना श्रेष्ठको नाममा रहेको काठमाडौं महानगरपालिका–१६ को जग्गा जेठी श्रीमती ईश्वरी गुरुङसहितका अंशियार आठ भाग लगाउनुपर्ने थियो । तर, मिना श्रेष्ठले अन्य व्यक्तिकै नाममा नामसारी गरिदिएकी थिइन् ।

२०६४ सालमा काठमाडौं जिल्ला अदालतले उक्त जग्गा रोक्का राख्न भूमि सुधार तथा मालपोत कार्यालयलाई लेखी पठाएको थियो ।

पछि उक्त जग्गामा मिना श्रेष्ठको मात्र नभई जेठी श्रीमती ईश्वरी गुरुङसहितका अंशियारले पनि भाग पाउने भन्दै जिल्ला अदालतले फैसला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com