पाँचथर मिडिया प्रालिका अध्यक्ष शेर्मा सम्मानित



प्रकाशित मिति : Feb 18, 2020

पाँचथर, ०६ फागुन । लामो समयदेखि पाँचथरमा रहेर पत्रकारिता पेसा गर्दै आउनुभएका पाँचथर मिडिया प्रालिका अध्यक्ष कबिन्द्र शेर्मा सम्मानित हुनुभएको छ ।

मंगलबार पाँचथरको फिदिम नगरपलिकाको छैटौं नगर सभाको अवसरमा ‘नगर बिकास पत्रकारिता पुरस्कार’बाट शेर्मा सम्मानित हुनुभएको हो ।

प्रदेश नम्बर एकका सांसद आशा रत्न जबेगुले शेर्मालाई पुरस्कार प्रदान गर्नुभएको थियो । शेर्मा न्यूज २४ टेलिभिजनका पाँचथर सम्वाददाता समेत हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com