
- रिया भण्डारी
काठमाडौं, ६ फागुन । बजारमा सर्जिकल माक्सको चरम अभाव भएपछि वाणिज्य विभागले कालोबजारी भएको निष्कर्ष निकालेको छ ।
विभागले माक्सको कृत्रिम अभाव उत्पन्न गरिएको भन्दै छानविन प्रक्रिया अघि बढाएको हो । विभागले केहि दिन उपत्यकाका विभिन्न औषधि पसलमा अनुगमनसमेत गरेको थियो । अनुगमनका क्रममा केहि औषधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।
विभागले ती पसललाई कानुन अनुसार कारबाही र जरिवानासमेत गर्ने छ । यसअघी औषधी ब्यबस्था बिभागले एक बिज्ञप्ति निकाल्दै मास्कको कालोबजारी गर्नेलाई कारबाही गर्ने र कृत्रिम अभाब सिर्जना गर्नेलाई कानुनी दयारामा ल्याउने बताइएको थियो ।
हाल नेपाली बजारमा सर्जिकल मास्क पाइनै छोडेको छ । पाइहाले पनि ५ रुपैयाँ पर्ने मास्क ५ गुणा भन्दा बढी मुल्यमा बिक्रि भैरहेको छ ।