६ फाल्गुन २०७६, मंगलवार
  • दानबहादुर बुढा

मुगु, ६ फागुन। मुगुमा पछिल्लो आठ महिनामा लागूऔषधका दश वटा मुद्धा दर्ता भएको छ ।

बिगतका बर्षहरुमा मुगु जिल्लामा लागूऔषधको बिगबिगी भए पनि प्रहरी कार्यालमा १ वटा मात्र लागूऔषध सम्बन्धी मद्धा चलेको रेकड देखाइको छ । त्यस्तै यो वर्ष भने आठ महिनामा १० वटा लागूऔषधका मुद्धा दर्ता भएको बताइएको छ । ती मुद्धाहरु मध्य ब्राउन सुगर र चरेश गरी १३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

मुगु जिल्लालाई शान्ति, सुरक्षा र लागूओषध मुक्त जिल्लाको घोषणाका लागि प्रहरीहरु लागिपरेका छन् । विशेष गरी बाहिराको जिल्लाबाट ओसार पोसार हुने हुँदा सडक सञ्चालन र हवाई मार्गामा चेक जाँचको कडा ब्यवस्था गरिएको जिल्ला प्रहरी प्रमुख नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनुभयाे ।

मुगु जिल्लामा विशेष गरी झैँझगडा अभद्र ब्यबहार,चोरी ,जवरजस्ती,चन्द्र अपमान जस्ता मुद्धा आउर्ने गरेको जनाइएको छ ।

गत आर्थिक वर्षमा सबै प्रकारका मुद्धा गरी ४२ मुद्धामा ४१जना माथि मुद्वा चलेको थियो भर्ने यो बर्ष ३९ जना बिरुद्धा दर्ता भएको र ८३ जनामाथि चलिरहेको छ ।

LIVE TV