६ फाल्गुन २०७६, मंगलवार
  • तारा आचार्य

इलाम , ६ फागुन । पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिको लागि मल्टिमिडिया सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले इलामको श्रीअन्तुमा प्रदेश १ का ६ वटा जिल्लाका रेडियो, टेलिभिजन, छापा र अनलाइनमा कार्यरत ३० जना महिला पत्रकारहरुलाई मल्टीमिडिया सम्बन्धि तालिम दिएको हो ।

सहभागीहरुलाई दुई दिनसम्म मोवाइलको प्रयोग गरेर सञ्चार क्षेत्रमा छिट्टो र छरितो तरिकाले पनि काम गर्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो । तालिमको सहजीकरण मल्टिमिडिया पत्रकार रजनीश भण्डारीले गर्नु भएको थियो ।

LIVE TV