भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो



प्रकाशित मिति : Feb 18, 2020

एजेन्सी, ०६ फागुन । भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्द गरिदिएको छ ।

सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् । बीबीसीमा प्रकाशित समाचारअनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्द गर्नुको कारण माग गरेकी थिइन् ।

विमानस्थलमा राेकेपछि उनले आफूलाई एक अपराधीसरह व्यवहार गरिएको बताइन् । उनले आफ्नो पासपोर्ट लिएर एक अधिकारी करिब १० मिनेट बेपत्ता भएको र आएपछि आफूलाई अभद्र व्यवहार गरेको बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com