रासन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु



प्रकाशित मिति : Feb 18, 2020

एजेन्सी । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समयमाभागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार उक्त घटना भएकाे त्यहाँको प्रहरीले जनाएको छ ।

सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।”

भागदौडमा मृत्यु भएकामध्ये अधिकांश महिला र बालबालिका रहेकाे अस्पताल स्रोतलाइ उद्धृत गर्दै समाचार एजेन्सीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com