अमेरिकन आइडलमा छानिए दिवेश पोखरेल, हलिउडमा प्रस्तुति दिने पक्का (भिडियो)



प्रकाशित मिति : Feb 17, 2020

काठमाडौँ, फागुन ५ । काठमाडौंमा जन्मिएका दिवेश पोखरेल विश्वकै लाेकप्रिय रियालिटी शाे ‘अमेरिकन आइडड’मा छानिएका छन् । आइडलमा छानिएसँगै उनले अब हलिउडमा प्रस्तुति दिन पाउने भएका छन् ।

‘अमेरिकन आइडल’ विश्वकै चर्चित गायन रियालिटी शो हो । दिवेशले आइतबार राति आफ्नो प्रस्तुति दिएका थिए ।

सोही प्रस्तुतिका आधारमा उनी टप २० मा परेका छन् । साथै उनको प्रस्तुतिलाइ जजहरुले रूचाउदै प्रसंशा समेत गरेका थिए ।

यो शोमा जजका रुपमा लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरी रहेका छन् । भइरहेको आइडलको यो श्रृंखला एबिसी नामक च्यानलबाट प्रसारण भइरहेको छ ।

सदवेशको स्टेज नेम आर्थर गन दिइएको छ । ५ बर्षअघिबाट अमेरिका बस्दै आएका दिवेशले प्रस्तुति दिनुभन्दा अघि नेपालको सुन्दरता र नेपालको प्रकृतिको बारेमा पनि खुलेर प्रसंशा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com