५ फाल्गुन २०७६, सोमबार
  • घनश्याम मिश्र

जनकपुर, ५ फागुन । जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वाड ४ स्थित विश्वकर्मा चोकमा सोमबार बिहानको समयमा अन्दाजी ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले पुस्टि गरेको छ ।

बलात्कार आरोपमा घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २४ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाही निवासी ४८ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले न्यूज २४ लाई जानकारी दिए ।

बलात्कृत भएकी महिला कहाँकी हुन् भन्ने अहिलेसम्म खुलन नसकेको र घटनामा अन्यको संलग्नता रहेको वा नरहेको भन्ने विषयमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको झाले बताउनु भयो ।

LIVE TV