५ फाल्गुन २०७६, सोमबार

काठमाडौँ, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको आज फैसला गर्दैछ । आइतबार महराको मुद्दाको अन्तिम सुनुवाइ भएको थियो ।

महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली लगायतले बहस गरेका थिए । तर, समय अभावका कारण मुद्दालाइ हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिएका छन् । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो ।

हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

LIVE TV