५ फाल्गुन २०७६, सोमबार

एजेन्सी, ५ फागुन । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको पाचौँ मिनेटमा नै रियल पछि परेको थियो । फेडेर स्मोलोभको गोल गर्दै पाँहुन टोली भिगोलाई अग्रता दिलाएका थिए । उनले इयागो आस्पासको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल गरेको भिगोले दोस्रो हाफमा पनि एक गोल थप्यो भने रियलले दुई गोल गर्यो । दोस्रो हाफको शुरुमै रियालले बराबरी गोल फर्काउन सफल भयो ।

खेलको ५२औं मिनेटमा टोनी क्रुसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले मार्सेलोको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई खेलमा २-१ को अग्रता दिलाए । हजार्डलाई पेनाल्टी बक्समा सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले फउल गरेपछि रियालले पेनाल्टी पाएको थियो ।

८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा रियाल सेल्टासँग बराबरीमा रोकिन बाध्यो बन्यो ।

बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ । रियालले २४ खेलबाट ५३ अंक जाेडेकाे छ भने समान खेल खेलेकाे बार्सिलाेनाकाे ५२ अंक रहेकाे छ ।

LIVE TV