५ फाल्गुन २०७६, सोमबार

काठमाडाैँ, ५ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।

कालोसूचीमा पर्नेमा पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन् ।

सूचीमा पप्पुलाई सबैभन्दा धेरै ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसमा कार्यालयले पप्पुलाई कालोसूचीमा राखेको जनाइएकाे छ । अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले फागुन ४ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।

LIVE TV