४ फाल्गुन २०७६, आईतवार
  • आशिष केसी,

सल्यान, ०४ फागुन । ‘प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सब–२०७६’को पाँचौं दिन गायिका ज्योति मगरले सभ्य प्रस्तुति प्रस्तुत गरेकी छन् ।

‘कृषि, पशु, वन, उद्योग, व्यापार, पर्यटन बिकासको परिकल्पना, व्यवसायीकरणबाट आर्थिक उन्नति गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याइएको यस महोत्सबको पाँचौं दिन गायिका मगरसँगै गायक तथा संगीतकार हरि बिष्ट, मोडेल टीका जैसी, गायक त्रिश क्षेत्रीलगाएतले पनि आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

पर्यटन प्रबद्र्धनमा समेत भूमिका खेल्ने विश्वासका साथ आयोजना गरिएको यस महोत्सबले आइतबारसम्म आइपुग्दा दर्शकहरुको राम्रो साथ पाइरहेको संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी जानकारी गराए ।

महोत्सब अवलोकन गर्न आउने सबै दर्शकलाई एउटै ठाउँमा विभिन्न कार्यक्रमहरु राखिएको छ, जहाँ विद्यार्थीका लागि शैक्षिक प्रदर्शनी र किसानका लागि कृषि तथा पशु प्रदर्शनी राखिएको छ ।

फागुन ५ गते अर्थात्, भोलि लोक गायक तथा मोडेल दुर्गेश थापा, गायिका कला लम्साल, गायक हरी बिष्ट, बेली डान्सर बिनु शाक्यलगायत कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । यो महोत्सब ११ दिनसम्म सञ्चालन हुनेछ ।

LIVE TV