४ फाल्गुन २०७६, आईतवार

रौतहट, ४ फागुन । रौतहतको मौलापुर नगरपालिका–५ पतौरामा आजदेखि मधानी महायज्ञ शुरु भएको छ । फागुन ६ गतेसम्म पुरातात्विक महादेब मन्दिरको प्राङ्गणमा हुने महायज्ञको कलस यात्रा निकाली आजदेखि शुभारम्भ गरिएको हो ।

राष्ट्रपति बिद्या भण्डारीद्धारा बिशेष पूजा आजा हुने यस महायज्ञमा २० हजार पर्यटक भित्रिने विश्वास गरिएको छ ।

महायज्ञ आयोजकको तर्फबाट पत्रकार सम्मलेन गर्दै रौतहट क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य प्रभु साहले महाधी महायज्ञले यसक्षेत्रको विकास र पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

राष्ट्रपति बिद्या भण्डारीले आगामी फागुन ६ गते मन्दिर प्राङ्गणमा सहभागिता जनाउने तथा पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रबद्र्धन गर्ने उदेश्यका साथ कर्नाटकालीन महादेब मन्दिरमा महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पूजा अनुष्ठान हुने आयोजकले जनाएको छ । महायज्ञको लागि आज शिवलिला प्रदर्शन गरिएको छ भने ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ ।

यस्तै फागुन ६ गते राष्ट्रपति भण्डारीबाट विशेष पूजाको कार्यक्रम रहेको छ । सो महायज्ञमा नेपाली कलाकारहरु निखिल उप्रेती, केकी अधिकारी ,अस्मिता दहाल ,शालिनी कुँवर ,सन्तोष राज सहनी एवम् भारतीय कलाकारहरु अम्रपाली दुबे ,दिनेश लाल यादब ,इन्दु शोनालीद्वारा सांस्कृतिक कार्यक्रम पेश गर्ने तय भएको छ ।

एस राज प्रोडक्सन सह आयोजक रहेको सो महायज्ञ मौलापुर नगरपालिकाको आयोजनामा भएको हो । पत्रकार सम्मेलनमा प्रदेश सांसद कुन्दन कुशवाहा ,प्रदेश कमिटी सदस्य अमर साह ,राजन साह ,कलाकार बिजय यादब सहितको उपस्थिति रहेको थियो ।

LIVE TV