४ फाल्गुन २०७६, आईतवार

काठमाडौं, ०४ माघ । स्किब्सले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ ।

धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) को कोर्टमा भइरहेको प्रतियोगितामा स्किब्सले टीआईएलाई १६–११ ले पराजित गर्यो ।

अर्को खेलमा स्किब्सले एनइएलाई १५–१२ ले हरायो । दुवै खेलमा स्किब्सका अनुज खत्रीले सर्वाधिक स्कोर गरे । अनुजले टीआईए विरुद्ध ८ तथा एनइए विरुद्ध ९ अंक जोडे ।

जुनियर ब्वाइजमै इबीएले नेपाल मोडेललाई १५–१०, एनइएले टीआईएलाई २०–१४, मातृभुमिले काठमाडौं ग्लोबललाई १६–९, फ्युजनले स्किम्सलाई १०–५ र नव ज्ञानभुमिले भक्तिलाई १२–१० ले पाखा लगाए ।

इबीएका सुनिल मल्लले ९, एनइएका नारायण पण्डितले १२, मातृभुमिका जीवन गुरुङले ७, फयुजनका रोहित विष्टले ६ र नव ज्ञानभुमिका राज थापाले ८ स्कोर गरे ।

LIVE TV