४ फाल्गुन २०७६, आईतवार
  • देवराज पन्त,

मकवानपुर, ०४ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३३ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी भारतको पश्चिम चम्पारण, बेतिया गौरीकोटका ४० बर्षीय भगवादास यादवलाई लागूऔषध गाँजासहित सार्वजनिक गरेको हो ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नेवारपानीमा प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको जेएच ०९ ए ८३६१ नम्बरको भारतीय कार चेकजाँचको क्रममा उक्त लागूऔषध गाँजा फेला पारेको थियो ।

यिन्त्रणमा परेका यादवलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्षसम्म कैद, १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र लागूऔषध ओसारपसारमा प्रयोग भएको सवारी जफत हुने प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताएका छन् ।

LIVE TV