४ फाल्गुन २०७६, आईतवार

तनहुँ, ४ फागुन । लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

दमौली बजारमा ठुलो परिमाणमा लागु औषध कारोबार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उक्त लागुऔषध सहित एक युवक पक्राउ परेका हुन् ।

खानतलासीका क्रममा शुक्रबार बेलुका व्यास नगरपालिका वडा नं. २ डाङ्ग्रेखोल्सी बस्ने ३२ वर्षीय सन्तोष भुषालले लागु औषध कारोबार गर्दै गरेको भन्ने सूचनाकाे भरमा निजको घर कोठाबाटै तनहुँ प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

आफ्नै घरको दोस्रो तलाको कोठामा शंकित अवस्थामा रहेका सन्ताेषलाई नियन्त्रणमा लिएर तत्काल उनको शरीर तथा उक्त घरका कोठाहरु खानतलासी गर्दा कोठामा लुकाइराखेकाे लागु औषध फेला परेकाे प्रहरीले जनाएकाे छ । विभिन्न लागूपदार्थका साथै नगद २० हजार रूपैयाँ र एक सामसुङ माेबाइल पनि बरामद गरिएकाे छ ।

पक्राउ परेका सन्ताेषमाथि लागु औषध मुद्धामा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

LIVE TV