४ फाल्गुन २०७६, आईतवार

काठमाडौं, ४ फागुन । चीनमा महामारीकाे रुप लिएको नाेबल कोरोना भाइरसका कारण युराेपमा पनि पहिलाेपटक एक जनाकाे ज्यान गएकाे समाचार एजेन्सीहरूले जनाएका छन् । साे भाइरसका कारण फ्रान्समा एकजनाको मृत्यु भएको हो । तर ती व्यक्ति पनि चिनियाँ नै रहेकाे खुलेकाे छ ।

चीनकाे हुबेइ प्रान्तकै एक ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको हो । उनी चीनबाट फ्रान्स घुम्न निस्केका थिए । उनी चीनकाे हुबेइबाट १६ जनवरीमा फ्रान्स पुगेका थिए भने २५ जनवरीदेखि उनी अस्पताल भर्ना भएका थिए ।

यससँगै काेराेना भाइरसकाे कारण चीनबाहिर मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ । यसअघि साे भाइरसका कारण चीनबाहिर पहिलाेपटक फिलिपिन्समा १ जनाकाे ज्यान गएकाे थियाे । त्यसपछि जापान र हङकङमा पनि एक-एक जनाको मृत्यु भएको थियाे ।

पछिल्लाे अपडेट अनुसार चीनमा मात्रै साे भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ६६९ पुगेकाे छ ।

LIVE TV