४ फाल्गुन २०७६, आईतवार

सुर्खेत, ४ फागुन । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ।

२०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्।

‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक÷ऐलानी जग्गा २०६३ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जग्गामा अतिक्रमण सुरु भयो।’ अहिले विद्यालयको ६ कोठे भवनमात्रै बाँकी छ। विद्यार्थीले खेल्ने मैदानसमेत उनीहरूले कब्जा गरेर खेती गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

LIVE TV