३ फाल्गुन २०७६, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ३ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा तौलिहवामा तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

फागुन ८ गतेसम्म चल्ने यस प्रतियोगिताका विजेतालाई नगद रु ४० हजार र उपविजेता टोलीलाई नगद रु ३० हजारका साथमा कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका वडा नं.३ का वडा अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा म्यान आफ द सिरिजलाई १६ सय र म्यान आफ द म्याचलाई ८ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा नगरका १२ टोलीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

युवाहरुलाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको संयोजक गैरेले जानकारी दिए ।

नगर प्रमुख किरण सिंहले २ वर्ष अघिबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता ब्यक्त गरे ।

शनिवार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, प्रदेश न. ५ की प्रदेशसभा सदस्य रीना नेपालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रदेशसभा सदस्य नेपालले यस मेयर कपले युवाहरुलाई सिर्जनशील बन्न सहयोग पु¥याउने बताइन् । खेललाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

LIVE TV