३ फाल्गुन २०७६, शनिबार

काठमाडाैं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरू हुन्छ ? भनेर प्रश्न गर्नुभएकाे छ ।

सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्बाेधनपछिको प्रश्नोत्तरका क्रममा उहाँले साे प्रश्न राख्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे एक लाइन मात्रै खर्चिनुभएको बताउँदै उहाँले प्रश्न गर्नुभयाे- ‘कालापानी र सुस्ता सम्बन्धमा प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरु हुन्छ ? कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले जारी हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’

उहाँले अहिलेसम्म पनि कालापानी क्षेत्रमा सुरक्षा चाैकीहरु स्थापना नभएकाे भन्दै प्रश्न गर्नुभयाे-‘कालापानी क्षेत्रमा सुरक्षा चाैकीहरु कहिलेसम्म स्थापना हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’

LIVE TV