३ फाल्गुन २०७६, शनिबार

एजेन्सी, ०३ फागुन । हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको ज्यान गएको छ ।

राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवामा निसास्सिएका कारण उपचारका क्रममा मृत्यु भएको हो । आगलागीको समयमा अनाथालयमा ६० जना बालवालिका रहेको जनाइएको छ ।

बाँकी ४५ जनालाई परिवारको खोजीगरी जिम्मा लगाउँने तयारी गरिएको छ । अनाथालयमा विजुलीको सट्टा मैन बत्ती बाल्ने गरिएको बताइएको छ ।

धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै अनाथालय सञ्चालन गरेको पाइएको छ ।

LIVE TV