३ फाल्गुन २०७६, शनिबार
  • राजन परियार

सिन्धुली ३, फागुन । नेपाली सेनाको पूर्व प्राविधिक सेनानी ज्ञानेन्द्र बहादुर रिजाल सिन्धुलीको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

मोरङ घरभएका ५९ बर्षीय रिजाल सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेवास स्थित मुस्कान होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

राति होटलमा खाना खाएर सुतेका रिजाल बिहान अवेरसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले हेर्दा रिजाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

होटलको कोठाको मुचुल्का पछि मृतक रिजालको शव पोष्टमार्टमका लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । रिजालको मृत्युवारे प्रहरीले अनुसन्धान सुरु गरेको ।

LIVE TV