मगर राजा बलीहाङले स्थापना गरेको राज्य बाह्र मगराँत क्षेत्रको धरोहरहरु जीर्ण बन्दै



प्रकाशित मिति : Feb 14, 2020

काठमाडौं, ०२ फागुन ।

१. मगर राजा बलीहाङले स्थापना गरेको राज्य बा्र« मगराँत क्षेत्रको धरोहरहरु जीर्ण बन्दै

नेपालको एकीकरण पूर्व अस्तित्वमा रहेका बाइसे चौबीसे राज्यहरुमा बलिहाङगढीको चर्चा अझै पनि इतिहासका पानाहरुमा सुरक्षित छ ।

१४ औं शताब्दीमा मगर राजा बलिहाङ राना मगरले बाह्र मगराँत क्षेत्रको एकीकरण गरी स्थापना गरेको बलिहाङ राज्यको त्यसबेलाको साम्राज्य चानचुने थिएन ।

त्यसबखत बलीराजा नामले समेत पुकारिने गरेको बलिहाङले राज्य विस्तार मात्र गरेनन् तत्कालीन समयमा ४ हजार सेनाको सहयोगमा आफ्नो राज्यलाई बलियो पनि बनाए ।

बुलिहाङ नाम दिइएको उनको सेनाले निर्माण गरेको कटकिल्लालाई त्यसबखत बलिहाङगढी नामले चिनिन्थ्यो र कालान्तरमा यसलाई बुल्ढेङ्गढी नामले चिनियो । बलीराजाको यही राज्य अहिले भने खोज्नु पर्ने अवस्थामा पुगेको छ ।

उनले बिभिन्न समयमा स्थापना गरेको दरबार, युद्धको समयमा प्रयोग भएका हतियार, मन्दिर, कुवा, इनार जीर्ण बनेका छन् भने यहाँ पुग्नेहरुलाई पनि बलिहाङगढीको भव्यता बुझाउनु पर्ने अवस्था उत्पन्न भएको छ ।

हाल पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा पर्ने यो स्थानमा स्थानीय तहले ध्यान दिए अझै पनि अध्ययन र पर्यटनका लागि यो राज्यले धेरै आन्तरिक तथा बाह्य पर्यटक तान्ने अवस्था भने ज्युँदो छ ।

२. हात्तीपाइले रोगको नियन्त्रणका लागि सरकारले गरेको १० बर्षको लगानी वालुवामा पानी सरह भो

१० बर्षको लगानी बालुवामा पानी झै भएको छ हात्तीपाइले रोगको नियन्त्रणमा सरकारले गरेको प्रयास । हात्तीपाइले रोगबाट अति प्रभावित कपिलवस्तु जिल्लामा हात्तीपाइले रोगका लागि सरकारी प्रयास त्यसै खेर गएपछि पुनः यो रोगको नियन्त्रणको लागि अर्को अभियान छेडिने भएको छ ।

पहिलाको तुलनामा यसपटक प्रभावकारी ढंगबाट अघि बढाइने तयारी गरिएको हात्तीपाइले विरुद्धको अभियानमा यसपटकले स्थानीय तहहरुले पनि सक्रियता देखाएका छन् ।

औषधि लिएर नखाने, औषधिको बारेमा गलत प्रभाव पर्नु र शहरीया व्यक्तिहरुले औषधिको प्रयोग नगर्दा पनि कपिलवस्तुमा १० बर्ष गरिएको लगानी खेर गएको हो ।

१० बर्षे अभियानमा अहिले सम्म १५ करोड बढी खर्च भएपनि उपलब्धि शून्य भएपछि यसपटकदेखि प्रत्यक्ष निरगारीमा औषधि खुवाईने तयारी गरिएको छ ।

३. अर्घाखाँचीको मालारानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी पूर्वाधार निर्माण गरिदै

अर्घाखाँचीको मालारानी आन्तरिक तथा बाह्य पर्यटकका लागि लोभ्याउने स्थान हो । मालारानी मन्दिर मनले चिताएको पु¥याउने देवीकोरुपमा आम भक्तालुका लागि श्रद्धेय छिन् भने यस मन्दिर परिसर एवं मन्दिर परिसरबाट देखिने हिमश्रृंखला पनि मनमोहक छ ।

पर्यटन बर्ष २०२० लाई मध्यनजर गरेर धेरै स्थानीय तहहरुले सम्भावना भएका आफ्नो गाउँठाउँको विकास एवं प्रचार प्रसार गर्न लागिपर्दा मालारानीको विकास र प्रचार प्रसारमा पनि मालारानी गाउँपालिका सक्रिय देखिएको छ ।

मालारानी गाउँपालिकामा ४ करोड बढी खर्च गरेर बिभिन्न भौतिक संरचना निर्माण गरिन थालिएको छ भने मालारानी गाउँपालिकामा रहेको ७ वटा होम स्टे, रक गार्डेन, सुन्दर छहरा, जालकाडाँ लेक, हिमपात हुने सिमे देउराली लगायतका स्थानमा आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।

सम्भावना बोकेका गाउँठाउँको विकासमा सबै स्थानीय तह लाग्ने हो भने आन्तरिक पर्यटकबाट मात्र पनि स्थानीयवासी लाभान्वित हुन सक्ने अवस्था प्रशस्त छ यो मुलुकमा ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com