२ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, ०२ फागुन । जया मल्टिपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टग अफ वारमा शुक्रबार च्याम्पियन बनेका छन् । जया ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हातामा भएको ब्वाइज फाइनलमा जयले गोल्डेनगेटलाई २-० ले पराजित ग-यो । काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा ऋतले हिमालयलाई २-० ले हरायो ।

विजेतालाई हिसानका अध्यक्ष एवं राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, काठमाडौं हिसानका सचिव समेत रहेका नेपाल तान डोरी संघका अध्यक्ष भवानीप्रसाद पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतिस्पर्धामा ब्वाइजतर्फ १४ र गल्र्समा ९ टिम सहभागी थिए ।

LIVE TV