२ फाल्गुन २०७६, शुक्रबार

सुर्खेत , २ फागुन । बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गर्नु भएको छ ।

महासचिव शिवाकोटीले सुर्खेतमै पुगेर पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । इन्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो । शर्माको आमा र बहिनी हुनुहुन्छ । परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छ ।

LIVE TV