खेलाडी संघ र एभरेष्ट वल्र्डबीच सम्झौता



प्रकाशित मिति : Feb 14, 2020

काठमाडौं, ०२ फागुन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पत्र अनुसार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्था मार्फत खेलाडी संघलाई बार्षिक १ लाख प्रदान गर्ने जनाइएको छ । सम्झौता हाललाई ५ बर्षका लागि गरिएको हो ।

संघको बार्षिक कार्यक्रम अनुरुप यही फागुन ६ गते बसन्तपुरमा आयोजना हुन लागेको एनएनपीए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो ।

पहिलो पटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले नगद ५० हजार प्राप्त गर्ने छन् ।

सम्झौता पत्र आदान–प्रदान पश्चात एभरेष्ट वल्र्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरुको सम्मानका लागि सहयोग गर्न पाउनु ठूलो गौरवको कुरा रहेको बताउनुभयो ।

यस्तै खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफू खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरुको हक हितमा लागेका कार्कीले बिदेशमा रहेर पनि खेलाडीहरुको हक हित र सहयोगमा पु¥याउनु भएको योगदानको कदर गर्दै कार्की प्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।

२०७५ सालमा मित्र राष्ट्र ईन्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा सहभागी खेलहरुलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक÷एक जना खेलाडीहरु मध्येबाटनै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनौट गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com