२ फाल्गुन २०७६, शुक्रबार

काठमाडौँ, २ फागुन । साताभरमा शेयर बजार परिसूचक नेप्से शुन्य दशमलव ८ दुई प्रतिशतले बढेको छ । कारोबारको अन्तिम दिन बिहिबार १ हजार ३ सय ४४ दशमलव ५ नौ अंकको बिन्दुमा कायम भएको बजारमा साताभरमा करिब ६ अर्ब ७० करोड रुपैंयाको बराबरको कारोबार भएको छ ।

यस साता शेयर बजार परिसूचक नेप्सेमा शुन्य दशमलव ८ दुई प्रतिशतले वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ३३ दशमलव ६ नौ अंकको विन्दु कायम भएको बजारमा यस साता भने १ हजार ३ सय ४४ दशमलव ५ नौ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस साताको बजारलाई कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले प्रभावित पारेको देखिन्छ । नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुको शेयरहरुमा लगानीकर्ताको आकर्षण निक्कै नै बढेको देखियो ।

पछिल्लो समय नेप्से करेक्सन हुँदै अगाडि बढीरहेको हुनाले लगानीकर्ताहरुको मनोबल बढिरहेको देखिन्छ भने आगामी साता पनि नेप्से सकारात्मक दिशामा नै अगाडि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन ।

यस साता नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा ९ प्रतिशतले घटेको छ। यस साता १ सय ८२ कम्पनीको ७० हजार ९ सय १८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो साता भने ७ अर्ब रुपैंयाभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचक बढेसँगै यस साता कूल बजारमा पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यस साताको अन्तिम कारोबार दिन कूल बजारमा पूँजीकरण १ अर्ब ४६ करोड रुपैयाँ बढेको छ ।

यस साता सर्वा्धिक कारोबार हुनेमा शिवम सिमेन्ट अगाडि रहेको छ। कम्पनीको यस साता ३ हजार ४ सय १० पटकको कारोबारमा ५० करोड ६७ लाख रुपैयाँ बराबरको ९ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता एनआईसी एशिया बैंक र नागरिक लगानी कोषको कारोबार रकम २८ करोड रुपैंयाले नाघेको छ ।

यस साता शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । कम्पनीको शेयरमूल्य यस साता १७ दशमलव ६ चार प्रतिशत बढेको छ । यस साता १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।

LIVE TV