२ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन्। सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन्।

सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो। २०७५ माघ ९ गते प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुएलाको समर्थन गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

LIVE TV