१ फाल्गुन २०७६, बिहीबार
  • सन्तोष काफ्ले,

इटहरी, ०१ फागुन । यातायात व्यवस्था विभागको इटहरीस्थित कार्यलयको चरम लापरवाहीका कारण दैनिक आधा दर्जन सेवाग्राही कार्यालयमा आएर फर्किने गरेका छन् ।

कार्यालयमा २०६९ सालको साउनदेखि चैत महिनासम्मको सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी निर्णय भएको फाइल नै गायब भएको छ, जसको कारण सो ९ महिनाभित्र चालक अनुमतिपत्र लिएका कसैको पनि लाइसेन्स नवीकरण भएको छैन ।

फाइलनै नभएको भन्दै कार्यलयले नवीकण नगरेपछि सेवाग्राहीहरु कार्यालय पुगेर निराश हुदै फर्कन बाध्य छन् ।

यातायात व्यवस्था ऐनअनुसार सवारी चालक अनुमतिपत्र दिनका लागि तीन सदस्यीय परीक्षा समिति बनाउनुपर्छ ।

सो समितिमा अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख, यातायात कार्यालयले तोकेको प्राविधिक र ट्राफिक प्रहरी कार्यालयले तोकेको ट्राफिक प्रहरी सदस्य रहन्छन् ।

परीक्षा समितिले बैठक बसेर लिखित र प्रयोगात्मक परीक्षा उत्तिर्ण गरेकाहरूलाई सवारी चालक अनुमतिपत्र वितरण गर्ने निर्णय गर्छ ।

उक्त निर्णयका आधारमा फाइल (ढड्डा) खडा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्नेको विवरण भरेर लाइसेन्स वितरण हुँदै आएको छ । तर, सवारी चालक अनुमतिपत्र दिन भनेर निर्णय गरेको फाइल नै नभेटिएका कारण २०६९ साउनदेखि चैतसम्मको सवारी चालक अनुमतिपत्र नवीकरण हुन सकेको छैन ।

सेवाग्राहीले यस विषयमा हामीलाई गुनासो गरेपछि हामीले यातायात व्यवस्था कार्यालयका प्रमु्ख प्रमुख विन्दा नेपाललाई यसबारे प्रश्न ग¥यौँ । उनले २०६९ साउनदेखि चैतसम्म ९ महिनाको फाइल कार्यलयमा नभएको बताइन् ।

कार्यालयले फाइल नभएकोबारे विभागमा लेखेर पठाएको तर, हालसम्म कुनै जानकारी नआएको बताएको छ ।

LIVE TV