१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं, ०१ फागुन । वार्षिक करोडौं रुपैयाँ तलब भत्ता खाने एक कर्मचारीले स्यान्डविच चोरेको पाइएपछि उनलाई जागिरबाटै हटाइएको छ ।

लण्डनस्थित सिटी बैंकमा कार्यरत ती व्यक्ति बैंककै क्यान्टिनबाट स्यान्डविच चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । पारस नाम गरेका ती व्यक्ति भारतीय मूलका हुन् ।

वार्षिक १० लाख पाउण्डभन्दा धेरै तलब भत्ता भएका पारसको चोर्ने बानीले सवैलाई अचम्म बनाएको छ । उनले धेरैपटक त्यसरी स्यान्डविच चोरिसकेको अनुमान गरिएको छ । पारस उक्त बैंकको सबैभन्दा वरिष्ठ क्रेडिट ट्रेडर थिए ।

उनी सिटी बैंकको त्यस विभागको प्रमुख थिए जुन विभागले युरोपका साथै मध्यपूर्व एसिया तथा अफ्रिकामा बण्डको कारोबार गर्दछ । साथै उनले सेक्युरिटी तथा रिस्क म्यानेजमेन्टको क्षेत्रमा पनि काम गर्दथे ।

LIVE TV