१ फाल्गुन २०७६, बिहीबार

काठमाडौँ, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गिरिजाले हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नु आफैमा विरोधाभासपूर्ण रहेको बताएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले सरकारको नेतृत्व गरेको नेकपाका अध्यक्ष जिम्मेवार व्यक्तिले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको भएको बताएको छ ।

कांग्रेसले भनेकाे छ, माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्ने स्व.गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक रहेकाे छ ।

फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साच्चै भनेको भए पनि साे संवादको कुरा कोइराला जिवित हुँदा नै सार्वजनिक गर्नुपर्ने समेत बताएको छ ।

शान्तिप्रिय मान्छेको निधन भइसकेको अवस्थामा ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुखद् भएको भन्दै ध्यानाकर्षण सहितको विज्ञप्ती निकालेको हो ।

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको र साेही व्यक्तिले आक्रमणको लागि अनुरोध गरेको भन्ने कुरा सत्य नरहेको समेत कांग्रेसले जनाएको छ ।

हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ, कांग्रेसले भन्यो ।

LIVE TV