१ फाल्गुन २०७६, बिहीबार
  • रबिना बोहोरा,

बागलुङ, १ फागुन । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ नगर इन्चार्जलाई विहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङ नगरपालिका–४ कुडुले निवासी ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

पौडेलको साथमा रहेको मोबाइलबाट (विप्लव)का नेता कार्यकर्तासँग खिचिएका तस्वीर, बैठकका माइनट तथा कार्यक्रम प्रचार÷प्रसारका तस्वीर र पर्चा÷पम्पलेटल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताए ।

पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुराकीका आधारमा घरमा आएको थाहा पाएपछि नियन्त्रणमा लिएको हो ।

पौडेल प्रहरीको सर्वाधिक खोजीको नेताका रुपमा लिएपनि हालसम्म भूमिगत हुँदै आएका थिए । नेता पौडेललाई २०७४ को प्रदेश तथा प्रतिनिधिसभाको चुनावलाई विथोल्न खोजेको भन्दै २३ दिन हिरासतमा राखेर छाडिएको थियो ।

LIVE TV