१ फाल्गुन २०७६, बिहीबार

काठमाडौँ, १ फागुन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राम्रो प्रगतिहुननसकेपछि सरकारले बजेटको आकार संशोधनगरेको छ । संशोधनमा २ खर्ब कमगर्दै नयाँलक्ष्य तय गरिएको छ ।

गत जेठ १५ गते ल्याएको बजेटमा महत्वाकांक्षी राजस्वलक्ष्य रहेको तथापुँजीगतखर्च र आयातकमभई आर्थिक गतिविधि सुस्त हुँदानयाँलक्ष्यनिर्धारण गर्न सरकार बाध्यभएको हो ।

चालु आर्थिक वर्षका लागिल्याएको १५ खर्ब ३२ अर्बको बजेट खर्च गर्न नसक्ने भन्दै सरकारले १३ खर्ब ८५ अर्बको नयाँलक्ष्यनिर्धारण गरेको छ । चालु आर्थिक वर्षमामात्र हैन, आफैंले पेस गरेका गतवर्षको बजेट पनि अर्थमन्त्री डाक्टर युबराज खतिवडाले संशोधन गरेका थिए ।

–पहिलो कारण बजेट र राजस्वको लक्ष्यअति नै महत्वाकांक्षी रहनु ।
–दोस्रो कारणसरकारले लक्ष्यअनुसार पुँजीगतखर्च गर्न नसकेकालेआर्थिक गतिविधि बढ्न नसक्नु ।

चालु आर्थिक वर्षको यो ६ महिनामाआयातमाकमिआउदा समेत राजस्व संकलनमा समस्या परेको हो । जसलाई अर्थमन्त्री खतिवडाले पनि स्वीकार्दै अब थप सुधार हुने बिश्वास दिलाएका छन । अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक केही क्षेत्रमाखर्च कमभएकाले बजेटको आकार घटाउनुपरेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

पुनर्निर्माण सम्पन्नहुने अवस्थादेखि मिलेनियमच्यालेन्जकर्पोरेसन एमसीसी संसद्बाट अनुमोदनहुननसक्नुलाई समेत खर्च कमहुने कारणका रूपमाउनले अर्थाएका छन । यस वर्ष भूकम्पपीडितलाई व्यक्तिगतआवास निर्माण गर्न अनुदानका रूपमादिइने किस्तावितरण अन्तिम चरणमा पुगेकाले गतवर्षको तुलनामा १४ अर्ब १४ करोड रुपैंया कमअनुदानगएको अर्थमन्त्री खतिवडाको बताएका छन ।

यस्तै नेपाल र एमसीसीबीचभएको सहायता सम्झौता संघीय संसद्बाट अनुमोदनहुन ढिलाइ भइरहेकाले विनियोजित १० अर्ब रुपैंया खर्च हुन सकेको छैन  । त्यसैगरी पुस मसान्तसम्ममापनि केही ठूला आयोजनातथाकार्यक्रमकार्यान्वयनविधिनिर्माण, कार्यवधितर्जुमा, रकम बाँडफाँट र खरिद प्रक्रिया सुरु हुननसकेकाले खर्च कमभएकोे छ ।

चालु आर्थिक वर्षको यो ६ महिनामा १५ प्रतिशतमात्रै पुँजीगतखर्च हुन सकेको छ भने राजस्व संकलनपनिवार्षिक लक्ष्यको ४१ प्रतिशतमात्रै भएको छ । यदी सरकारले खर्च गर्ने क्षमता अब पनि नबढाउने हो भने बाँकीको ६ महिनामानयाँलक्ष्यहरू समेत पूरा नहुने जानकारहरुको बुझाई छ ।

LIVE TV