१ फाल्गुन २०७६, बिहीबार
  • सुमन कार्की

पाल्पा, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरना भाइरसको संक्रमण हाल सम्म नभेटिएको बताउनुभएको छ ।

पाल्पामा व्यापार संघले आयोजना गरेको प्रथम ब्यापार एवं पर्यटनको महोत्सको उद्घाटन गर्दै मन्त्री ढकाल सो बताउनुभएको छ ।

बिश्व भरमा करीव ४५ हजार मानिस कोरोनाभाइरसको संक्रमण परेपनि नेपालमा हालसम्म नदेखिएको दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले नेपालमा यसको संक्रमण नरहनु सकारात्मक रहेको बताउनुभयो ।

नेपालमा गलत सूचनाका कारण यो रोग बारे भ्रम फैलिएको भन्दै नडराउन सर्वसाधरणलाई अनुरोध समेत गर्नुभयो ।

LIVE TV