१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं, ०१ फागुन । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देहीस्थित क्लब दे नोभो प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभा प्रालिका प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन् ।

LIVE TV