१ फाल्गुन २०७६, बिहीबार

काठमाडौँ, १ फागुन । बिहिबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ३ नौ अंकले घटेको छ । एक हजार ३ सय ४४ दशमलव ५ नौ ९ अंकको बिन्दु कायम भएको आइतबारको बजारमा करिब १ अर्ब ७७ करोड रुपैंयाको कारोबार भएको छ ।

शेयर बजार परिसूचक नेप्सेमा बिहिवार सामान्य गिरावट आएको छ । साताको सुरु देखि नै उकालो लागेको शेयर बजार साताको पाँचौँ दिन बिहिबार १ दशमलव ३ नौ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५ नौ अंकको बिन्दुमा कायम भएको छ । करिब १ अर्ब ७७ करोड रुपैंयाको को कारोबार भएको बिहीबारको शेयर बजारमा धेरै नाफा कमाउनेमा व्यापार समूहका लगानीकर्ता अग्रस्थानमा रहेका छन ।

यो समूहको सुचक ३ प्रतिशतभन्दा बढिले बढेको छ भने बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८ सात प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा समूहका सुचक १ प्रतिशतभन्दा बढिले बढेको छ । हिमालयन डिष्ट्रिलरीको बिहिबार एकै दिन झण्डै १२ करोड रुपैंयाको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै शिवम सिमेन्टको ९ करोड ५९ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बिहिबार धेरै नाफा कमाउनेमा हिमालयन डिष्ट्रिलरीका लगानीकर्ताहरु रहेका छन । जसले ९ दशमलव ९ तिन प्रतिशतले कमाएका छन ।

त्यसैगरी बिहिबार धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभ्लोपर्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन । जसले ५ दशमलव १ शुन्य प्रतिशतले गुमाएका छन ।

LIVE TV